Trending
>>   देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल >>   रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ति, बैठक स्थगित >>   भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग >>   कानून व्यवसायीहरुलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिन हुँदैनः मन्त्री चौरसिया >>   ग्राहक संख्या बढाउन इन्टरनेट कम्पनी चर्को प्रतिष्पर्धामाः कसको ग्राहक कति ? >>   संसद अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छः अध्यक्ष दाहाल >>   संसदीय समितिमा गुनासोः ‘स्थलगत अनुगमनका लागि बजेट पुगेन’ >>   ब्राजिलले २०२५ को मुद्रास्फीति पूर्वानुमानलाई ५.२५ प्रतिशतमा घटायो >>   तेहरान विमानस्थलमा २ वटा एफ १४ युद्धविमान खसालेको इजरायलको दाबी >>   बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त


काठमाडौँ। लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ ।

शनिवार काठमाडौंमा एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको लोकार्पण गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले लेखक तथा बौद्धिक समुदायलाई वैदिक साहित्य र अध्यात्मबारे लेख्न आह्वान गर्दै रामायण र महाभारतका नारी पात्रहरुको बारे लेखिएको पुस्तकहरुको अध्ययन गर्न समेत आग्रह गरेका छन् । लेखकले आफू बसिरहेको समाज र आफूसँग उपलब्ध ज्ञानका स्रोतहरू उल्लेख गरेर पुस्तक लेख्नुपर्नेमा उनको जोड छ । उनले समसामयिक समाजको सही अध्ययन र वैदिक ज्ञानको गहिरो बुझाइ नै गुणस्तरीय साहित्यको आधार रहेको बताएका छन् ।

उनले भने, ‘लेख्नेहरुले अध्यात्मको बारेमा लेख्नुस्, वैदिक साहित्यको बारेमा लेख्नुस् । हामीले महाभारत र रामायणका नारी पात्रका बारेमा लेखिएका थुप्रै उपन्यास तथा कृतिहरु पढ्नुपर्छ । लेखकले पढ्ने भनेको दुईवटा कुरा हो एउटा आफू बाँचिरहेको समाज पढ्ने हो । अर्को, आफूसँग उपलब्ध ज्ञानका माध्यमहरुलाई पढ्ने हो । त्यसकारण राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ ।’

राम्रो लेखक हुनलाई राम्रो पाठक पनि हुनुपर्ने मन्त्री पन्तको भनाइ छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?