Trending
>>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन >>   असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने >>   एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छः अर्थमन्त्री पौडेल >>   काँग्रेस नेता शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

सूर्य नेपाल च्यालेन्जः दोस्रो दिन शुक्रलाई एकल अग्रता


काठमाडौँ। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा रहेका छन् ।

समग्रमा ६–अन्डर १ सय ३० को स्कोरमा उनले दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन् । आज शुक्रले १–ओभर ६९ को स्कोर गरे। समग्रमा ५–अन्डर १ सय ३१ को स्कोरमा दिनेश प्रजापति दोस्रो स्थानमा उक्लिएका छन्। आज उनले १–अन्डर ६७ को कार्ड बनाए । भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवन कुमार रोक्का समग्रमा ३–अन्डर १ सय ३३ को स्कोरमा तेस्रो स्थानमा छन्। रामेले १–अन्डर ६७ को स्कोर दर्ज गरे । भुवनले खराब प्रदर्शन गर्दै ४–ओभर ७२ मा दोस्रो दिनको खेल सकाए । समग्रमा १–अन्डर १ सय ३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे । सञ्जयले २–अन्डर ६६ स्कोर गर्दा निरज र प्रदीपले इभन–पार ६८ को स्कोर बनाए ।

यस्तै समग्रमा १–ओभर १ सय ३७ को स्कोरमा तोरणविक्रम शाही, वसन्तराज गुरूङ र साबिक विजेता रवि खड्का संयुक्तरुपमा आठौं स्थानमा रहे । तोरणले आज १–अन्डर ६७ स्कोर गर्दा वसन्तले इभन–पार ६८ र रविले २–ओभर ७० स्कोर गरे । पहिलो दिन ७–अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन्। पहिलो होलको बर्डीका विरूद्ध नवौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । यसपछि १३ औं होलमा एक सट बचाए पनि १५औं र १८औं होलमा बोगीको सामना गरे। ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे ।

दिनेशले तेस्रो होलमा एक सट खेर फाले। छैटौं होलको बर्डीले फ्रन्ट नाइन इभन–पार ३४ खेले। यसपछि १०औं र १३ औं होलमा बर्डी प्रहार गरे। अन्तिम होलको बोगीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।

रामे मगरले नवौं होलको बोगीले फ्रन्ट नाइनमा १–ओभर ३५ को स्कोर गरे। १०औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइनमा २–अन्डर ३२ को नतिजा निकाले ।
पहिलो दिनका लिडर भुवनले खराब प्रदर्शन गर्दा तेस्रो स्थानमा तल झरे। उनले फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–ओभर ३६ मा पूरा गरे। उनले छैटौं नबौं, १४ औं र १८औं होलमा बोगी प्रहार गरे ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १–ओभर १ सय ३७ को स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले आज १–ओभर ६९ को स्कोर जोड्दै निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्। निश्चयले आज १–ओभर ६९ स्कोर गर्दे समग्रमा २–ओभर १ सय ३८ स्कोर बनाएका छन् । ३६ होलको समाप्तीमा ९–ओभर १ सय ४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र २ एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन्। प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धनबहादुर थापा, सुनिल केसी, टंकबहादुर कार्की, किशन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाएका छन् । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन् । साथै शिर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गर्नेछन् । चार दिनको मुख्य स्पर्धा पश्चात शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?