Trending
>>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन >>   असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने >>   एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छः अर्थमन्त्री पौडेल >>   काँग्रेस नेता शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा >>   युवाको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गर्नु राज्यको दायित्वः अध्यक्ष दाहाल >>   इरानमा सैन्य अभियान जारी राख्छौँः इजरायल >>   राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भइसक्योः प्रा.डा. आर.पी विच्छा
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो की गभर्नर खोज्न


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली काँग्रेसका सांसदहरुको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाएकी छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले काँग्रेस सांसदहरु संसदमा कम रहेको बताउदै काँग्रेस सांसदहरु आज गभर्नर खोज्न हो की प्रधानमन्त्री खोज्न जानुभएको प्रश्न गरेकी छिन् । ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ ।

उनले भनिन् , ‘आज त नेपाली काँग्रेसका माननीयज्युहरु त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि । उहाँहरु कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरु एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’

संसदमा ८ जना भन्दा बढी काँग्रेसका सांसद नदेखिएको उनको आरोप छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?