Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

भारतलाई निःशुल्क शालिग्राम दिनु गलतः वामदेव गौतम


काठमाडौँ। राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन् ।

आईतवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन नहुने बताउदै उनले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई काँग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा दिएको बताएका छन् । उनले हिरा कसरी बन्छ भनेर अध्ययन अनुसन्धान नगरिकनै बहुमूल्य शालिग्राम सित्तैमा दिनु उचित नभएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘नेपालमा शालिग्राम धेरै छ । जसलाई हिरा भन्छन् । तलबाट ताप र माथिबाट प्रेसर भएपछि कोइला र कोइलाबाट शालिग्राम बन्छ । र शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी लिन सकिन्छ । जहाँ चीनले शालिग्रामबाट हिरा बनाएर फाइदा लिएको छ तर हामी सित्तैमा दिन्छौं । २०७९ माघ ११ गते सरकारले कालीगण्डकी नदीको शालिग्राम भारतलाई दियो । सो शालिग्राम कांग्रेस माओवादी नेतृत्वको सरकारले सित्तैमा दिएको हो ।’

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले अहिलेको पुँजीले गर्नसक्ने जतिमात्र काम गर्नुपर्नेमा जोड दिएका छन् । यदि देश विकास नै गर्ने हो भने औद्योगिकीकरण गर्ने भनेको क्षेत्र कृषिमात्रै भएको दाबी गरेका छन् । तर बजेट र योजना फरक भएको भन्दै कृषिमा बजेट दिनुको साटो किसानलाई बजेट दिँदा फरक हुने उनको भनाई थियो ।

उनले भने, ‘विवरण कमजोर छ । यसले देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ । साँच्चै भन्ने हो भने यो देश विकास गर्नलाई औद्योगिकरण गर्ने कृषिलाई नै हो । तर कृषिमा पनि हामी जाँदा बजेट त्यस्तै होला । तर बजेट र कागजमा फरक छ । कृषिमा बजेट दिने र किसानलाई बजेट दिने फरक हो । विदेशबाट आउने रेमिट्यान्स दाल, चामल र कपडामा सकिइरहेको छ । यसको अन्त्य गर्दै कसरी आत्मनिर्भर बन्ने भन्नेमा हाम्रो छलफल हुनुपर्छ । मन्त्रालयको पुँजीगत खर्च सुन्दा मलाई त चिन्ता लाग्यो ।’

उनले विदेशबाट भित्रने रेमिट्यान्सको सही सदुपयोग गरेर उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।


प्रकाशित मिति: ४ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?