Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

बुद्धका शिक्षाहरु सरल छन्, अपनाउन मात्रै कठिन होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरु सरल रहेको बताएक छन् ।

सोमवार स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका शिक्षाहरु जटिल नरहेको बताएका छन् । उनले झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर जस्ता सहज शिक्षाहरु रहे पनि अपनाउन कठिन रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘बुद्धका शिक्षाहरु सरल छन् । एकदम जटिल होइन । एकदम सरल छन् । झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर, सजिलो छ । नराम्रा काम गर्दै नगर । राम्रा कामहरु मात्रै गर । सजिला छन्ः बुद्धका शिक्षाहरु अपनाउन मात्रै गाह्रो हो । सुन्दा सजिला, यो कुन ठूलो कुरा हो जस्तो । तर अपनाउन अलिकति कठिन छन् । हामी ति कुराहरु अपनाऔँ ।’

प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा अपनाउनुमा नै मानव जातीको कल्याण रहेको बताएका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?