Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

वर्तमान सरकार बनाउनैपर्ने आवश्यकता परेर बनाइएको होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको बताएका छन् ।

आईतवार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले लुकमा स्थिरता र स्थायित्व बिना सुशासन र विकासको गतिलाई अगाडी बढाउन नसकिने बताउँदै विभिन्न महत्वपूर्ण विषयहरूलाई सम्बोधन गर्न अहिलेको सरकार बनेको जिकिर गरेका छन् । उनले वर्तमान व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी गरेको स्मरण गरेका छन् । उनले संविधानले सामाजिक न्याय, समानता, मौलिक हकहरू र राज्यका निर्देशन सिद्धान्त र नीतिहरू सुनिश्चित गरेको बताउँदै तिनीहरूलाई सम्बोधन गर्नुपर्ने आजको आवश्यकता दुई ठूला दल एक ठाउँमा आएको जिकिर गरेका छन् ।

उनले भने, “हामीले जुन प्रणाली स्थापना गर्यौं, जुन व्यवस्था ल्यायौँ, त्यस व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी ग¥यौ । संविधानले सामाजिक न्याय र समानताको प्रत्याभूति गर्यौ । मौलिक हकहरू सुनिश्चित गर्यो । राज्यका निर्देशन सिद्धान्त र नीतिहरू के हुन ती पनि निर्दिष्ट ग¥यो । यी सबै कुराहरूलाई ध्यानमा राखेर राष्ट्रको आजको आवश्यकता यिनीहरूलाई सम्बोधन गर्ने हो । स्थिरता र स्थायित्व बिना यिनीहरूलाई सम्बोधन गर्न सकिँदैन भनेर यो सरकार आएको हो । स्थिरता र स्थायित्व बिना न यस्ता महत्वपूर्ण विषयलाई सम्बोधन गर्न सकिन्छ, न त सुशासन र विकासको गतिलाई अगाडी बढाउन सकिन्छ । तसर्थ, अहिलेको सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको हो ।”

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको आकाङ्क्षाहरूलाई पूरा गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?