Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

रविन्द्र मिश्रलगायतका नेताहरुलाई बिना शर्त तत्काल रिहा गर्न कमल थापाको माग


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रविन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन् ।

शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका हुन् । उनले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताए । उनीहरु आस्थाको बन्दी भएको उनको भनाइ छ ।

उनले हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा सम्लग्न नभएको व्यक्तिहरुलाई सरकारले अपराधी सरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेको र वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाएका छन् । उनले आस्थाका बन्दीहरुलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिनेक्रम जारी रहेको बताएका छन् ।

उनले भने, ‘उनीहरु कुनै अपराधी होइनन् । उनीहरुले संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्र र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन् । तर वर्तमान निरंकुश र भ्रष्ट सरकारले उनीहरुमाथि अनेकौँ झुटा मुद्दा लगाउने दुस्प्रयास गरिराखेका छ । उहाँहरुलाई ४३ दिनदेखि थुनामा राखेको छ । उहाँहरु सबैको बयान सकिएको अवस्थामा पनि नयाँ नयाँ मुद्दा सिर्जना गर्दै फसाउने ढंगबाट प्रतिशोधको हिसाबले सरकार प्रश्तुत भइरहेका छ । तसर्थ देशका विभिन्न भागहरुमा विभिन्न दल र राजनीतिक समूहहरुले आआफ्नै ढंगबाट आस्थाको बन्दीको रिहाइका लागि दबाब दिइरहेका छन् । र त्यही शिलाशिलामा जाउलाखेलमा राष्ट्रवादी देशभक्त युवाहरुको आयोजनामा भइरहेको यो दबाबमूलक कार्यक्रममा ऐक्यवद्धता प्रकट गर्न म यहाँ आएको हुँ । र सरकारलाई आग्रह गर्न चाहन्छु कत्तिपनि बिलम्ब नगरी कन आस्थाका बन्दीहरु रविन्द्र मिश्रलगायतका बन्दीहरु अपराधी होइनन् उनीहरुले हिंसात्मक अराजनीतिक गतिविधि गरेका छैनन् ।’

अध्यक्ष थापाले सरकारले अन्यायपूर्वक पक्राउ गरी हिरासतमा राखेका नेता तथा कार्यकर्ताहरु हिन्दु राष्ट्र र राजसंस्था विचारका संवाहक र राष्ट्रवादी योद्दा भएको जिकिर गरेका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?