Trending
>>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल >>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान >>   कसैको बहुमत आउँदैन : प्रचण्ड >>   फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ : रामप्रसाद भण्डारी >>   देशभर मतदान शुरु >>   नेपालको पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर) >>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरीः कानूनमन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरी रहेको बताएका छन् ।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरुका लागि सहयोगी बनेको बताएका छन् । उनले सरकारले व्यापार प्रवद्र्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा बिरोध भएको बताएका छन् । राम्रा कुराहरुको बिरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने बताए ।

मन्त्री चौरसियाले भने, ‘अहिले व्यापार प्रवद्र्धनका लागि, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि, सात दिनभित्र कुनैपनि फाइल कुनैपनि सरकारी जुनसुकै पदाधिकारीको टेबुलमा सात दिन बढी नरहोस् भन्ने र राजश्वको मुद्दा लागेका कतिपय व्यक्तिहरु सतप्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थाको कारण अपिल गर्न पाइरहेका थिएनन्, थुनामा थिए । भाग्न बाध्य थिए । त्यस्ता राम्रा राम्रा कानूनहरु संशोधन अध्यादेशमार्फत गर्दा कति बिरोध भयो ? यो सिस्टम हामी यस्तै काम गर्दै गयौँ भने बलियो हुन्छ ? हामी सबैको दायित्व होइन, सिस्टम बचाउने ?, सिस्टम बलियो गर्ने ? एउटा मिनिमम अण्डरस्ट्याडिङ त सरकार र प्रतिपक्षको बीचमा हुनुपर्छ नि । बोल्ने बेलामा जथाभावी बोल्ने, अनि राजावादीहरुले यो सब खत्तम भयो । केही पनि विकास निर्माण भएन, आज गाउँ गाउँमा पुल बनेको छ । प्राकृतिक प्रकोपका कारणले जति क्षति हाम्रो देशभित्र भइरहेको छ, सायद दुनियाँको कुनै देशमा भएको छैन । हाम्रो भौगोलिक बनावट नै यस्तो छ । त्यसकारण हामी सबै सचेत भएर बोल्नुपर्छ ।’

मन्त्री चौरसियाले लोकतन्त्रको बिरुद्धमा उठ्ने आवाजलाई सबै मिलेर आफ्नो तहबाट जवाफ दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?