Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरीः कानूनमन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरी रहेको बताएका छन् ।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरुका लागि सहयोगी बनेको बताएका छन् । उनले सरकारले व्यापार प्रवद्र्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा बिरोध भएको बताएका छन् । राम्रा कुराहरुको बिरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने बताए ।

मन्त्री चौरसियाले भने, ‘अहिले व्यापार प्रवद्र्धनका लागि, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि, सात दिनभित्र कुनैपनि फाइल कुनैपनि सरकारी जुनसुकै पदाधिकारीको टेबुलमा सात दिन बढी नरहोस् भन्ने र राजश्वको मुद्दा लागेका कतिपय व्यक्तिहरु सतप्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थाको कारण अपिल गर्न पाइरहेका थिएनन्, थुनामा थिए । भाग्न बाध्य थिए । त्यस्ता राम्रा राम्रा कानूनहरु संशोधन अध्यादेशमार्फत गर्दा कति बिरोध भयो ? यो सिस्टम हामी यस्तै काम गर्दै गयौँ भने बलियो हुन्छ ? हामी सबैको दायित्व होइन, सिस्टम बचाउने ?, सिस्टम बलियो गर्ने ? एउटा मिनिमम अण्डरस्ट्याडिङ त सरकार र प्रतिपक्षको बीचमा हुनुपर्छ नि । बोल्ने बेलामा जथाभावी बोल्ने, अनि राजावादीहरुले यो सब खत्तम भयो । केही पनि विकास निर्माण भएन, आज गाउँ गाउँमा पुल बनेको छ । प्राकृतिक प्रकोपका कारणले जति क्षति हाम्रो देशभित्र भइरहेको छ, सायद दुनियाँको कुनै देशमा भएको छैन । हाम्रो भौगोलिक बनावट नै यस्तो छ । त्यसकारण हामी सबै सचेत भएर बोल्नुपर्छ ।’

मन्त्री चौरसियाले लोकतन्त्रको बिरुद्धमा उठ्ने आवाजलाई सबै मिलेर आफ्नो तहबाट जवाफ दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?