Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

बाघलाई मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान हुँदैनः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गरेका छन्। उनले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भएपनि उसलाई जीवनयापन गर्नका लागि आफ्नो क्षेत्र चाहिने उल्लेख गरेका छन् । तस्बिरमा बाघ हेरेर कुरा नगर्न पनि आग्रह गर्दै उनले बाघ क्षेत्रपति जात भएकाले बाघले आफ्नो सीमाना लगाउने र सीमाना नपुगे बाघहरुबीच लडाईं हुने बताएका छन्। उनले बाघलाई खाना नपुगेपछि खानाको खोजिमा बाहिर निस्किने र त्यो बेलामा मान्छे खानु हुँदैन भनेर ज्ञान बोकेर नहिँड्ने कटाक्ष गर्दै बाघले कानूनको किताव पढेको नहुने भन्दै बाघलाई मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘४६ प्रतिशत वन भनेको काफी हो । अस्ति नै मैले एउटा कार्यक्रममा भनेँः अब बाघको संख्या बिस्तार हामीलाई पुग्यो । बाघको संख्या बढाउँदै जाने हो भनेदेखि मान्छे भागे हुन्छ । अब बाघको संख्या बढाउन सकिँदैन, मिल्दैन भनेको थिएँ । धेरै वटा आयो । बा तपाईंका कुरा सबै मन पथ्र्यो, यो बाघको संख्या बढाउनु हुँदैन भनेको चाहीँ । बुझ्दै नुबझी कमेन्ट लेखिदिए केटाकेटीहरुले । यो बाघ भन्ने जन्तु फोटामा हेर्दा बडो गज्जवको हुन्छ । साम्नेमा प¥यो भने वस् । फोटामा बाघ हेरेर कुरा गरेर हुँदैन । जब उसलाई आफ्नो क्षेत्र पुग्दैन, बाघ भनेको एउटा क्षेत्रपति जात हो । उसले आफ्नो सीमाना लगाउँछ । त्यो क्षेत्र पुगेन भने क्षेत्रका लागि बाघहरुका बीचमा लडाईं हुन्छ । अर्कोतिर बाघ धेर भएपछि खान पुग्दैन । खाना नपुगेपछि खानाको खोजिमा आफ्नो क्षेत्र भन्दा बाहिर निस्किनुपर्छ । खाना भेटेन भने बाहिर जे पायो त्यहीमाथि आक्रमण गर्दछ । बाघले कानूनको किताव पढेको हुँदैन, भ्रम राख्नु हुँदैन । मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद यताउति थाहा छैन । बाघले पढेको त छैन । नङ्ग्रा छन्, दारा छ, बल छ, तीन वटा कुरा उसँग छन्, भोक लागेको छ । बाघ कुनै खेलाँची गर्ने चिज होइन । हामीले इकोसिस्टम, प्रकृति संरक्षणका लागि बाघको संरक्षण गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले बाघ खेलाँची गर्ने जनावर नभएको बताए । उनले प्रकृति संरक्षण लागि बाघको संरक्षण अनिवार्य रहेको बताएका छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?