Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

आम राष्ट्रवादीको सपना सफल भयोः कमल थापा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन र कमजोर बनाउन नसक्ने बताउँदै आफुहरु एकतावद्ध भएर अगाडि बढेको दाबी गरेका छन् । उनले आफुहरुले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै जेठ १५ गते काठामाडौंमा लाखौंको संख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने दाबीसमेत गरेका छन् । साथै उनले स्वतः स्फुर्तरुपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनःस्थापना समिति गठन गर्न र जनता परिचालन गर्न आग्रह समेत गरेका छन् । गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गर्दै अध्यक्ष थापाले अब राष्ट्रवादी नेपालीको चिन्ताको अन्त्य भएको दाबी गर्दै उनले लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको कुरा आजदेखि पूरा भएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘मेरो निमित्त आजको दिन अत्यन्तै हर्ष र गौरवको दिन हो । लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको तपाईंहरुले उठाएको विचार हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा राम्रो छ । तर, तपाइहरु आफैँ विभाजित हुनुहुन्छ । एक ठाउँमा आउन सक्नुहुन्न भन्ने गुनासो आम राष्ट्रवादी नेपालीहरुको थियो । त्यो सबै गुनासोलाई सम्बोधन गर्दै, आम राष्ट्रवादीको चिन्ताको अन्त्य गर्दै आज हामी सबै राजावादीहरु, हिन्दुवादीहरु, प्रजातन्त्रवादीहरु एक ठाउँमा एकजुट भएर उभिएका छौं । केबल एकपटक भाषण गर्नका निमित्तमात्रै हामी अहिले एउटा मन्चमा उभिएका होइनौं । हामी यही मञ्चबाट सम्पूर्ण राष्ट्रवादी नेपालीहरुलाई आग्रह गर्न चाहन्छौं हिन्दु राष्ट्र र राजतन्त्रको एजेण्डा स्थापित नभएसम्म आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं ।’

उनले राजावादीहरुको एकता अब कसैले चाहेर टुटाउन नसक्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?