Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

जनार्दन शर्माको प्रश्नः सरकार यति गैरजिम्मेवार किन ?


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरेका छन् । उनले सरकारालई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गर्दै नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको आरोप लगाएका छन् ।

उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शुन्य समय शुन्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’

सरकार गैरजिम्मेवार किन ? भन्ने उपमहासचिव शर्माको प्रश्न छ ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?