Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

रेशम चौधरी पक्राउ घटनाः नाउपाद्वारा निष्पक्ष छानविनको माग


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेकी छिन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको बताएकी छिन् ।श्रेष्ठले चौधरीको गिरफ्तारी संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमाथि चोट भएको टिप्पणी गर्दै सरकारले घटनाको गहिरो अध्ययन गर्न र सार्वजनिक रूपमा जवाफ दिन आग्रह गरेकी छिन् ।

उनले भनिन्, ‘हामी सरकारमै छौं तर लोकतन्त्रको मुल लक्ष्य भनेको सत्यको पक्षमा उभिनु हो । प्रश्न गर्नु, प्रतिवाद गर्नु र न्यायको पक्षमा बोल्नु नै लोकतन्त्रको मर्म । आज म सभामुखमार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु–कसरी एक निर्वाचित जनप्रतिनिधि, जननेता कार्यक्रमस्थलबाटै यस्तो तवरले पक्राउ पर्छन् । कसरी व्यक्तिगत रिसिबीलाई कानूनभन्दा माथि राख्छन् । यो घट्नाको गहिरो अध्ययन होस् । किनभने यहाँ केबल एकजनाको गिरफ्तारी होइन । संघीयता, समावेशिता र लोकतन्त्रमाथिको विश्वासमा चोट लागेको छ । वैशाख १७ गते भएको प्रशासनिक मनोमानिको निष्पक्ष छानविन होस् । रेशम चौधरीज्युप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् ।’

यही वैशाख १७ गते सर्वोच्च अदालतको कर्मचारीले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी करिव पाँच घण्टा डिल्लीबजार कारागारमा राखेको थियो । उक्त पत्र लेख्ने कर्मचारी विष्टलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धान गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित सहभागी छ ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?