Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

प्रधानमन्त्री र मन्त्रीहरुको वैदेशिक भ्रमणबारे संसदीय समिति अनविज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन्।

आईतवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका हुन् । विश्व समुदायमा भइरहेका कतिपय घटनाहरुमा नेपाल समेत नेपालसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराउदै अध्यक्ष नेपालले कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानुपूर्व जानकारी र आइसकेपछि ब्रिफिङ गर्ने कुरालाई अनिवार्य बनाउन समेत माग गरेका छन् ।

उनले भने, ‘मन्त्रीज्युहरुको वैदेशिक भ्रमणहरु भइरहेको छ । तर यो समितिमा त्यसको बारेमा कुनैपनि जानकारी छैन । यस कुरामा समिति र समिति सभापतिज्युको ध्यान जानुपर्ने आवश्यकता छ । हामीले पनि ताकेता गरेनौं होला त्यो आफ्नो ठाउँमा छ । तर जानुभन्दा अगाडि र फर्किसकेपछि बोलाउनु होला र ब्रिफिङ सुनौँला जस्तो लागिरहेको थियो । अहिले धेरै अन्तर्राष्ट्रिय घटनाहरु घटिरहेका छन् । त्यसमा कतिपय विषयहरु नेपालसँग जोडिएका पनि छन् । यी सबै कुराहरु यो समितिलाई जानकारी हुनुपर्दछ । विभिन्न ठाउँमा हाम्रो संसदीय उपसमितिको टोलीहरु जानुभएको छ । त्यसक्रममा भएको भ्रमणको विषय पनि प्रतिवेदन आउनुपर्ने आवश्यकता पर्छ । तर हाम्रा मन्त्री र प्रधानमन्त्रीहरुको विदेश भ्रमणको बारेमा समितिलाई जानकारी गराउने कुरा अनिवार्य गराउनुपर्छ । यसको आवश्यकता उहाँहरुलाई पनि बोध गराउनुपर्छ ।’

उनले सौर्य जहाजको विषयमा सम्बन्धित मन्त्री र पीडित पक्षहरुबीच संसदीय समितिमा छलफल हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?