Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरुको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गरेका छन् । उनले प्रतिगामी शक्तिहरुले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता हुनसक्ने बताउदै पार्टीमा आवद्ध विभिन्न जातीय तथा क्षेत्रीय संगठनहरुलाई शक्ति सञ्चय गर्न आग्रह गरेका छन् । उनले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुलाई संसद, सडक तथा जनताको माँझमा गएर माओवादी केन्द्रले खबरदारी गरिरहेको बताउदै उनले प्रतिगमणकारी शक्तिलाई परास्त गरी जनताको ठूलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरुकै भएको बताएका छन् ।

उनले भने, ‘पार्टीको अभियानहरु, सम्मलेलनहरु अधिवेशनतिर जाने प्रक्रियाहरु विभिन्न जातीय क्षेत्रिय मोर्चाका अधिवेशनहरु जनसंगठनहरु सबैमार्फत एउटा सवलरुपमा शक्ति सञ्चय गरेर शक्ति आर्जन गरेर जरुरी प¥यो भने ठूलो आन्दोलनमा देशलाई फेरि एकपटक लानुपर्ने जसरी यथास्थितिवादी र प्रतिगामीहरुले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धीहरुलाई खोस्ने दुःशाहस गर्दैछन्, प्रपञ्च गर्दै छन् । त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ । अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ, जनताको बीचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौंमा जसरी राजावादीहरुको वितण्डा देखापर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनैपर्छ भनेर अभियान रोकेर काठमाडौं आएर हामी सबैको सहभागितामा हामीले ठूलै धक्का दियौँ राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठूलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त ग¥यौँ अहिलेलाई । यो फेरिपनि वितण्ड गर्लान् तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ । समग्रमा हाम्रो गतिशिलता धेरै नै बढेको छ । जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ ।’

माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोषा जगाएको उनको भनाइ छ ।


प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?