Trending
>>   आज मिति २०८२ साल जेठ ११ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   अन्तिम प्रहरमा परीक्षाको तयारी कसरी गर्ने ? >>   पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरीः अध्यक्ष ढकाल >>   ‘३० वर्ष यताकै धेरै वर्षा हुनेः हिमाली क्षेत्रमा हिम पहिरोदेखि हिमताल विष्फोट हुनसक्ने चेतावनी’ >>   काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य छन्ः सभापति देउवा >>   देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह >>   जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता >>   काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक >>   लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न काँग्रेस नेता कोईरालाको सुझाव >>   राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त
Logo
१२ जेष्ठ २०८२, आईतवार
१२ जेष्ठ २०८२, आईतवार

कार्यान्वयन गर्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन्छ:मुख्यसचिव अर्याल


काठमाडौँ। मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यविभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य सचिव अर्यालले तीनै तहका सरकारले अगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रमलाई समावेश गर्न सक्नुपर्ने बताउदै अघिल्ला वर्षहरूमा नीति तथा कार्यक्रमहरू अत्याधिक महत्वाकांक्षी बनाइँदा कार्यान्वयनमा समस्या आएको जिकिर गर्दै यो नीति तथा कार्यक्रम यथार्थपरक र तीन तहका कामको स्पष्ट आधारमा बनाइएको बताएका छन्। उनले युवामुखी स्टार्टअप व्यवसाय, कृषिको आधुनिकीकरण, उत्पादन र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र संघीय मन्त्रालयहरुले आफ्नो बजेटमा नीति तथा कार्यक्रमअनुरुप जानुपर्यो । हामीले युवाहरुलाई सम्बोधन हुने गरेर स्टार्टअप बिजेनशका कुराहरु ल्याएका छौं । कृषिको आधुनिकीकरणको विषयहरु समावेश भएको छ । त्यसैगरी उत्पादन, उत्पादत्व र रोजगारी सिर्जना गर्ने विषयहरु छन् । यहीअनुसार कार्यक्रम गर्न सकियो भने समृद्ध नेपाल सुखि नेपालीको आकांक्षा पुरा हुन्छ र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । विगतको नीतिमा कार्यक्रमहरु समावेश भएर आउने गर्दथ्यो । अलि महत्वकाँक्षी जस्तो हुन्थ्यो । त्यसले गर्दा जनतामा अपेक्षा पनि अलि बढी हुन्थ्यो । तर हामीले बजेटमा समावेश गर्नसक्ने खालको हुदैन्थ्यो । अहिले हामीले तीन तहको कामअनुसार नीति बनाएको हुनाले यही आधारमा टेकेर नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने हुन्छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?