Trending
>>   आज मिति २०८२ साल वैशाख १८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत >>   हृदयेन्द्र शाहलाई राजा हुने सपना नदेख्न केपी ओलीको चेतावनी >>   आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह >>   स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु >>   राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली >>   आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै >>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ: शेष घले


काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले पूर्वनिर्धारित कार्यातालीकाअनुसार नै महाधिवेशन हुने बताएका छन्।

वैशाख २०—२२ गते हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउदै संयोजक घलेले सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र तालुक मन्त्रालय परराष्ट्रको समन्वयमा तोकिएको समयमा नै एकताको महाधिवेशन हुने बताएका छन् । संयोजक घलेले सर्वोच्चको आदेशअनुसार ६ महिनाभित्र एकता महाधिवेशनका लागि आफ्नो नेतृत्वको समितिले जिम्मेवारीपूर्वक काम गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्याएको र विश्वका बिभिन्न मुलुकबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको जानकारी दिएका छन् ।

उनले सर्वोच्चको आदेश पालना गर्नु सबैको साझा दायित्व भएको जनाउँदै पुनः मिति परिवर्तन गर्नु ‘रुल अफ ल’को बर्खिलाफमा जाने कार्य भएका कारण आफूहरुले त्यसो गर्न नसक्ने बताउदै वर्तमान एनआरएनएलाई रिब्राण्डिङसहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न उनले सबैलाई आग्रह गरेका छन् । उनले नयाँ र सुधारिएको एनआरएनए बनाउने अभियानमा आफूहरु रहेको बताए ।

उनले कानूनको सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौंमा भेला भएर संघको एकता महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आ—आफ्नो क्षेत्रबाट पहल गर्न सबै गैरआसायीय नेपालीलाई आग्रह पनि गरेका छन् ।


प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?