Trending
>>   आज मिति २०८२ साल वैशाख १८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत >>   हृदयेन्द्र शाहलाई राजा हुने सपना नदेख्न केपी ओलीको चेतावनी >>   आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह >>   स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु >>   राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली >>   आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै >>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छः वामदेव गौतम


काठमाडौँ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनावद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरेका छन् । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको जिकिर गरे । उनले छलफलमा प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरेका छन् ।

उनले भने, ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुर्यो । त्यसपछि बसेर योजना बनाउनुपर्यो । पिउने पानीदेखि विद्यालयसम्म जतिपनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुदैन । यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरुलाई ल्याएर यदी मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुपर्यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरु मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरि गर्ने हो यीनिहरुले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ । अब आधारभुत रुपमा काम गर्न नसक्दासम्म अगाडि बढ्न सकिन्न ।’

व्यक्तिगत जमिन राख्ने व्यवस्था सदाका लागि अन्त्य गर्नुपर्ने गौतमको जिकिर छ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?