Trending
>>   आज मिति २०८२ साल वैशाख १८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत >>   हृदयेन्द्र शाहलाई राजा हुने सपना नदेख्न केपी ओलीको चेतावनी >>   आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह >>   स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु >>   राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली >>   आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै >>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

नेकपा महासचिव चन्दको गुनासोः प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको लागि जीवन समर्पण गरेको भएपनि आफूहरुले अवसर नपाएको बताएका छन् ।

नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफ्नो परिवारका सदस्यहरु गुमाउँदै आन्दोलनमा लड्दै साथ दिएको भएपनि आफूहरुले अवसर नपाएको गुनासो छ । उनले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने ? भन्दै प्रश्न गरे । उनले सबै कम्युनिष्ट एकजुट भएर जनतालाई साथ दिन अह्वान गर्ने बेला आएको समेत बताएका छन् ।

उनले भने, ‘हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो । हामीले उहाँको आदेश मानेकै हो । आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं । उहाँहरुले हामीलाई हेर्नु हुदैन र ? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले ? एकचोटि हेरे हुन्छ नि त । सधैं आफैं हुनुपर्छ र ? त्यो के अर्को राजतन्त्र भएन र ? दलीय व्यवस्थाको नाममा कति पटक अध्यक्ष हुने ? कति वर्ष महासचिव हुने मान्छे ? त्यसकारण अब समय आएको छ । यसमा हामी सबै एकजुट भएर नेपाली जनतालाई अपिल गर्नुपर्छ । सबैलाई हेर्नुभयो एकचोटि हामीलाई पनि हेर्नुस् भन्ने अधिकार हामीलाई छैन र ?’

नेकपालाई नेपाली जनताको माया र श्रम गर्ने नेता कार्यकर्ताबाट चल्ने पार्टी बनाउनुपर्नेमा चन्दको जोड छ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?