Trending
>>   आज मिति २०८२ साल वैशाख १८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत >>   हृदयेन्द्र शाहलाई राजा हुने सपना नदेख्न केपी ओलीको चेतावनी >>   आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह >>   स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु >>   राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली >>   आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै >>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

एफएनसिसिआईद्वारा उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको छ ।

महासंघले मंगलवार काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला तयारीबारे पत्रकार सम्मेलन गर्दै उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको हो । महासंघका उपाध्यक्ष हेमराज ढकालले उच्चस्तरिय सुशासन आयोग गठन हुनु खुशीको कुरा भएको बताउँदै महासंघले लामो समयदेखि उच्चस्तरिय सुशासन आयोग गठनको माग गरेको बताएका छन् । सरकारले व्यवसायीको मागलाई ध्यानमा राख्दै आयोग गठन हुनु र निजी क्षेत्रको प्रतिनिधि पनि आयोगमा रहने व्यवस्थाले सकारात्मक सन्देश प्रवाह गरेको बताए । सरकारले पछिल्लो समय निजी क्षेत्रको मनोबल उकास्न हदैसम्म काम गरेको पनि बताए । निजी क्षेत्रले माग गर्दै आएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेर वातावरण बनाएको बताउंदै उनले आयोगले दिएको सुझाव कार्यान्वयनमा सरकारले छिटोछिटो काम गर्नुपर्ने बताए। पछिल्लो समय विकसित भएको राजनैतिक घटनाक्रमले निजी क्षेत्रलाई चिन्तामा परेको र स्थिर सरकार र सकारात्मक राजनैतिक वातावरणको लागि सबै क्षेत्रबाट पहल हुन आवश्यक रहेको बताउंदै केही दिन यताको सडक आन्दोलनले सुधार हुँदै गएको वातावरण बिग्रनसक्ने बताउँदै वातावरण बिग्रिन नदिन सबैले पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा २५० भन्दा बढी स्टल रहने र मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने बाइएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ । वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेश र थाइल्याण्डका स्टलहरुको सहभागिता रहने आयोजकले बताएको छ । मेलामा स्वदेशी र विदेशी गरी करिव २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा राखिएको बताइएको छ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?