Trending
>>   आज मिति २०८२ साल वैशाख १८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत >>   हृदयेन्द्र शाहलाई राजा हुने सपना नदेख्न केपी ओलीको चेतावनी >>   आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह >>   स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु >>   राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली >>   आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै >>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

पर्वतारोही निमा रिन्जी शेर्पा र पूर्णिमा श्रेष्ठ जलवायु अभियन्ता मनोनित


काठमाडौँ। संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्ने आफ्नो पहलअन्तर्गत दुई पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको छ ।

यूएनडीपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा पर्वतारोही द्वय शेर्पा र श्रेष्ठलाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको हो । यस सहकार्यले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरूको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने युएनडिपीको विश्वास रहेको छ ।

यस अभियानको मुख्य उद्देश्य महिला र आदिवासी समुदायजस्ता संवेदनशील समुदायहरूमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावहरूलाई उजागर गर्नु रहेको युएनडिपीको भनाइ छ । नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य प्रभाव भएपनि नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका वासिन्दाहरूले गम्भीर जलवायु असरहरूको सामना गर्नुपरेको छ । यो क्रमशः बढ्दै जाँदा हिमनदी खुम्चिँने र जैविक विविधताको ह्रास आउनेदेखि कृषि, स्वास्थ, खानेपानी, पूर्वाधार, शिक्षा र मानिसको जीवनयापनलाई समेत असर पर्ने देखिन्छ ।

सन् २०२० मा यूएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको एक अध्ययनले नेपालमा २ हजार ३ सय २३ हिमताल छन् भने ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ । विश्वको हिमनदी प्रणालीको महत्वपूर्ण स्थान ओगटेका यी हिमालहरूलाई भविष्यका पुस्ताहरूका लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेको पनि युएनडिपीको सुझाव छ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?