
काठमाडौँ। आगामी बिहीवारदेखि साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा आगामी वैशाख ११ देखि १४ गतेसम्म उक्त च्याम्पियनसिप हुन लागेको हो । संघले मंगलबार पत्रकार सम्मेलनमार्पmत प्रतियोगिताबारे जानकारी दिएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा खेलहरू हुनेछ । यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र नेपाल गरी ६ राष्ट्रका कुल ८५ खेलाडी र ३३ अफिसियलको सहभागिता हुने भएका छन् । कुल १४ विधामा प्रतिष्पर्धा तय गरिएको संघका महासचिव कुवेर प्रकाश सिंहले जानकारी दिए । एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रमअनुरुप हुन लागेको यस प्रतियोगिता एसियन जुनियर च्याम्पियनसिपको छनोट पनि हो ।
यस प्रतियोगितामा यु–१९ र यु–१५ उमेरसमूहमा ब्वाइज र गल्र्सले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । जुनियरतर्पm शीर्ष दुईमा रहने खेलाडीले उज्वेकिस्तानमा हुने एसियन युथ च्याम्पियनसिपमा छनोट हुनेछन् । क्याडेटमा भने छनोट नभए पनि वाइल्ड कार्डमार्फत प्रत्येक देशका समान एक गल्र्स र ब्वाइजले सहभागिता जनाउन पाउने अखिल नेपाल टेबल टेनिस संघले जनाएको छ । नेपाली राष्ट्रिय टेबल टेनिसका मोहनदास बासुकलाले मिक्समा स्वर्ण जित्ने विश्वास व्यक्त गर्दै अन्य विधामा पनि बलियो भारतलाई राम्रो चुनौती दिने बताएका छन् ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार