Trending
>>   टर्किएमा मिनीबस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु >>   कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी >>   भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने >>   प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट >>   भारत नियन्त्रित कश्मीरमा २५ पर्यटकको मृत्यु >>   अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ: शेष घले >>   महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैनः शिक्षण अस्पताल सञ्चालकहरु >>   भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा लाई मतलव छैनः उपसभापति गुरुङ >>   आज मिति २०८२ साल वैशाख १० गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   भारतसँग भयो उर्जा विकासका सम्झौता
Logo
१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरी राजनीतिको अङ्ग बन्नका लागि आफूहरु अहिले क्रियाशिल नभएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले फोहोर सफा गर्नका लागि पोखरीमा पसेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरु फोहोरमा मिसिन नभइ सफा गर्नका लागि गएको बताएका छन् । अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर गरेका छन् । उनले गुड गभर्नेन्सको कुरामा सरकार नचुकोस् र सरकारप्रति खबरदारी गर्नेकुरामा पनि काँग्रेस सचेत रहेको पनि बताएका छन् । नागरिकको अवस्था बदलिने कुराको अवरोध नेतृत्व भएको जिकिर गर्दै उनले सम्झाएर र बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘हामी अहिले नेपाली काँग्रेस सम्मिलित भएको सरकार हो । यसको पर्फमेन्स बढाउन चाहन्छौँ । गभर्नेन्सको कुरामा नचुकोस् भन्न काम पनि गर्न चाहन्छौँ, खबरदारी पनि गर्न चाहन्छौ । हामी पनि अहिले फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिन्छ । तर त्यहाँ हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिन्नाँै । हामी त्यसको पार्ट बन्दैनौँ । हामी त्यसको अंग बन्दैनौँ । हामी फोहोर सफा गर्न गएको हो । हामीलाई थाहा छ, हामी अहिले गाली खाइरहेका छौैँ, हामीलाई प्रश्न गरिरहेका छन् । किनभने बाहिरबाट हेर्दै गर्दा त्यस्तै देखिन्छ तर हामी त्यो होइनौँ । हामी त्यही फोहोरी राजनीतिको अंग बन्नका लागि अहिले क्रियाशिल भएको हुँदै होइनौँ । हामी तपाईंहरुको शुभेक्षा र आशिर्वादबाट यहाँभित्र रहेको फोहोर सफा गर्न चाहन्छाँै । हामीले व्यवस्था बदल्यौँ तर अवस्था के कारणले बदलिरहेको छैन भने नेताको शैलीको कारणले गर्दा बदलिएको छैन । अवस्था बदलिने कुराको अवरोध नेतृत्व हो । नेता भनेर कुनै अमुक भनेको छैन, म पनि त्यसभित्र पर्दछु । नेतृत्वको शैली हो । नेतृत्वको शैली बदल्ने हो । नेतृत्वको शैली बदल्न, सम्झाएर बुझाएर अहिलेको शैली बदल्नसके त्यो बदल्ने हो । सम्झाएर बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्ने हो । समस्या नेतामा छ । नेता बदल्दा समस्या समाधान हुन्छ भने त्यो भन्दा अर्को कुरा बदल्नुपर्छ की भनेर भन्नेकुराले निकास आउँदैन ।’

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र नागरिकको अहिलेको अवस्था बदल्न नेताको शैलीमा सुधार गर्नुपर्ने बताएका छन् । उनले नेतृत्वका कारण नागरिकको अवस्था नबदलिएको पनि बताए ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?