Trending
>>   टर्किएमा मिनीबस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु >>   कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी >>   भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने >>   प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट >>   भारत नियन्त्रित कश्मीरमा २५ पर्यटकको मृत्यु >>   अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ: शेष घले >>   महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैनः शिक्षण अस्पताल सञ्चालकहरु >>   भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा लाई मतलव छैनः उपसभापति गुरुङ >>   आज मिति २०८२ साल वैशाख १० गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   भारतसँग भयो उर्जा विकासका सम्झौता
Logo
१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते


एजेन्सी। यमनको राजधानी सानाको पश्चिमी इलाकामा गरिएको अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने अन्य १३ जना घाइते भएको हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

बानी मतार जिल्लामा रहेको सिरेमिक कारखानालाई लक्षित गरी गरिएको आक्रमणमा स्थानीय बासिन्दा र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हवाई आक्रमण अघि र पछि सानाभर लडाकु विमानहरूको गर्जन सुनिएको बताइएको छ ।

हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार अमेरिकी युद्धक विमानहरूले उत्तरी प्रान्त मारिब र अल–जौफमा दुई थप आक्रमण गरेका छन् । पछिल्लो हवाई आक्रमणले उत्तरी यमनमा दिनभर अमेरिकी हवाई आक्रमणको कुल संख्या २५ पुगेको उल्लेख गरिएको छ । उत्तरी यमनको विशाल क्षेत्रहरू नियन्त्रण गर्ने हुथीहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूसँग ऐक्यवद्धता देखाउन नोभेम्बर २०२३ देखि इजरायली लक्ष्यहरूमा आक्रमण गरिरहेका छन् ।

यमनमा आधारित मिलिशियाले इजरायलले गाजामा जारी युद्ध समाप्त गरे र आवश्यक खाना र औषधिलाई पट्टीमा प्रवेश गर्न दिएमा कारबाही बन्द गर्ने दाबी गरेको छ ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?