Trending
>>   टर्किएमा मिनीबस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु >>   कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी >>   भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने >>   प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट >>   भारत नियन्त्रित कश्मीरमा २५ पर्यटकको मृत्यु >>   अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ: शेष घले >>   महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैनः शिक्षण अस्पताल सञ्चालकहरु >>   भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा लाई मतलव छैनः उपसभापति गुरुङ >>   आज मिति २०८२ साल वैशाख १० गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   भारतसँग भयो उर्जा विकासका सम्झौता
Logo
१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै


जनकपुरधाम। जनकपुरधामसहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ ।

विक्रम संवत अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने गरिन्छ । वैशाख सङ्क्रान्तिमा शुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, व्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ । यसैगरी दोस्रो दिन वैशाख २ गते घरपरिवारका ज्येष्ठजनले सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । मधेस प्रदेश सभा सदस्य रामआशिष यादव मधेस प्रदेश र मिथिला क्षेत्रमा जुडशितल पर्वको पौराणिक महत्व रहेको बताउछन् । जुडशितल पर्व मानव सभ्यताको प्रतिकको रुपमा रहेको बताए । पानी, माटो र संस्कृतिकलाई कसरी बचाउने भन्ने सन्देश जुड शितल पर्वले दिने गरेको बताएका छन् । परिवारको ज्येष्ठ सदस्यले परिवारको कनिष्ठ सदस्यलाई चिसो पानी शिरमा छर्किएर आशिर्वाद लिने चलन रहेको बताए । जुडशितल पर्व मनाउने कुरा कम हुँदै गएको जिकिर गरेका छन् ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?