Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः चित्रबहादुर केसी


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरु सक्रिय हुन थालेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामो रक्षाका लागि नेतृत्व गरेका नेताहरुले सच्चिनुपर्ने बताउदै उनले गणतन्त्रवादी दलहरुबीच मतभेद भएपनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गरेका छन् । उनले गणतन्त्रवादी दलहरुले देश र जनताको अगाडि निर्भिक भएर आफ्ना कमजोरीहरु स्वीकार्दै आत्मआलोचना गर्नुपर्ने समेत बताएका छन् ।

उनले भने, ‘हाम्रा बीचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यसकारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुको बीचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथिहरु सच्चिनु, आत्मआलोचना गर्नु । ति कमजोरी भएका कुराहरुलाई देश र जनताको अगाडि निर्भिक भएर आत्मआलोचना हुनुपर्दछ । होइन भने हामीले वर्षौं लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरुले उल्ट्याउँछन् नि ।’

उनले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरु अगाडि बढ्नुपर्ने बताए ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?