Trending
>>   तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छः काँग्रेस >>   राजालाई पक्राउ गरेर देखाउन सरकारलाई राप्रपा अध्यक्ष लिङदेनको चुनौती >>   आज मिति २०८१ साल चैत्र १७ गते आइतबार,हेर्नुहोस् आजको राशिफल >>   रमेश लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ? >>   वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा महिलाको शव फेला >>   स्पेनी प्रधानमन्त्रीद्वारा अमेरिकी राष्ट्रपतिलाई अर्थहीन व्यापार युद्ध अन्त्य गर्न आह्वान >>   म्यानमारमा शक्तिशाली भूकम्पमा १० जनाको मृत्यु >>   गृहमन्त्री लेखकद्वारा तीनकुने लगायतका क्षेत्रको अनुगमन >>   पत्रकार रजकको हत्याको बिरोधमा माईतीघरमा प्रदर्शन >>   आज मिति २०८१ साल चैत्र १६ गते शनिबार,हेर्नुहोस् आजको राशिफल
Logo
१७ चैत्र २०८१, आईतवार
१७ चैत्र २०८१, आईतवार

ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबीच सेटिङ मिलाउन नसकेको कारण कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको आरोप लगाएका छन् ।
बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको उद्देश्य ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल उठाउन नदिनु रहेको बताए ।

उनले भने, ‘मन्त्रालयमा सेटिङ नमिलेको हो नि । उहाँको कार्यसम्पादनमाथि प्रश्न उठाइयो । उहाँकै कार्यकालमा हैन प्राधिकरणले १२ अर्ब रुपैयाँ फाइदा कमाएको ? प्रधानमन्त्री हुनेबित्तिकै ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नतिरे पनि उद्योगको लाइन जोड्नु कसले भनेको ? कुलमानले लाइन काट्ने बित्तिकै हतार हतार जोड भनेको कसले ? सरकारको सेटिङ ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नउठाउनको लागि हो, हेर्दै जानुहोला ।’

घिसिङकै कार्यकालमा प्राधिकरणले १२ अर्ब रुपैयाँ नाफा कमाएको भएपनि सरकारले कायरतापूर्वक पदमुक्त गरेको उल्लेख गर्दै आफ्नो र आफ्नो पार्टीको लागि यो निर्णय स्वीकार्य नहुने उनको भनाइ छ ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?