Trending
>>   तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छः काँग्रेस >>   राजालाई पक्राउ गरेर देखाउन सरकारलाई राप्रपा अध्यक्ष लिङदेनको चुनौती >>   आज मिति २०८१ साल चैत्र १७ गते आइतबार,हेर्नुहोस् आजको राशिफल >>   रमेश लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ? >>   वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा महिलाको शव फेला >>   स्पेनी प्रधानमन्त्रीद्वारा अमेरिकी राष्ट्रपतिलाई अर्थहीन व्यापार युद्ध अन्त्य गर्न आह्वान >>   म्यानमारमा शक्तिशाली भूकम्पमा १० जनाको मृत्यु >>   गृहमन्त्री लेखकद्वारा तीनकुने लगायतका क्षेत्रको अनुगमन >>   पत्रकार रजकको हत्याको बिरोधमा माईतीघरमा प्रदर्शन >>   आज मिति २०८१ साल चैत्र १६ गते शनिबार,हेर्नुहोस् आजको राशिफल
Logo
१७ चैत्र २०८१, आईतवार
१७ चैत्र २०८१, आईतवार

३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


काठमाडौँ। राष्ट्र बैंकले आज बिहीबार ३० अर्ब निक्षेप  संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६७ खर्ब ६५ अर्ब माथि पुगेको छ ।
निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ वैशाख ०३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?