Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

कार्यभार सम्हाल्दै हितेन्द्रदेवले भने:लोडसेडिङको कुरा हल्ला मात्रै हो


काठमाडौँ। हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन्।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै मंगलवार साँझ शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्दै उनले सरकारले पुनः नियुक्ति गरेसँगै आफूले न्याय पाएको महशुस भएको बताए । उनले आफ्नो अनुभव र दक्षतालाई अब पुनः शुरु गर्ने बताएका छन् । उनले विद्युतको क्षेत्रमा अहिले केही ठूला चुनौतिहरु रहेको भन्दै बाहिर सबै ठिक रहेको देखिएपनि भित्र धेरै समस्या रहेको र यसलाई सबै मिलेर समूहको रुपमा समाधान गर्ने बताएका छन्। व्यक्ति भन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर गर्दै लोडसेडिङको कुरा हल्ला मात्रै भएको र हुन नदिने प्रतिवद्धता जनाउदै उद्योगधन्दामा भइरहेको लोडसेडिङ कम गर्ने बताएका छन् ।

उनले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?