काठमाडौं। ग्लोवल आर्टिफिसियल इन्टेलिजेन्स समिट (एआई) को तेस्रो संस्करण मंगलवार रियादमा शुरु भएको छ । एआईलाई अपनाउन र विश्वव्यापी सम्बन्धित प्रविधिहरूको रणनीतिक प्रयोग सुनिश्चित गर्न सम्मेलन शुरु भएको हो । मानवताको भलाइको लागि एआई सीमाहरुलाई सुनिश्चित गर्ने साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटीका अध्यक्ष अब्दुल्लाह बिन् शराफ अल घामदीले बताएका
काठमाडौं। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४१ हजार २० पुगेको छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको छ बताए । साथै सय जना घाइते भएका छन् । जसबाट कूल मृत्यु हुनेको संख्या ४१ हजार २० पुगेको छ । अक्टोबर
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति नरहेको बताएका छन् । मंगलवार वीरगञ्जमा नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बिस्तारित क्यानस्र उपचार सेवाको उद्घाटन गर्दै उनले जनशक्ति थप्ने मन हुँदाहुँदै पनि राज्यको आर्थिक अवस्थाका कारण सम्भव नरहेको बताए । उनले एकै पटक सय जना
काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको खाँदबारीमा आयुर्वेदिक विश्वविद्यालय स्थापना हुने बताएका छन्। संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत मन्त्रीपरिषद्को बैठकले संखुवासभाको खाँदबारीमा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको बताए । उनले क्रान्तिकारी महिला विदुषीहरुको नामबाट विश्वविद्यालय स्थापना हुँदा संखुवासभा जिल्लावासी सबैले खुशी महशुस गरेको अनुभुति
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएपनि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम रहेको
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानविन हुने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनैपनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताएका छन् । उनले शक्तिशाली, सत्तासिन, नाता
काठमाडौं। नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाए कानूनी उपचार खोज्ने बताएका छन् । उनले महाअभियोग लगाए सत्तारुढ दलहरुले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिदै उनले उपसभामुखमाथि लगाइएको आरोपको धरातल बलियो नभएको बताएका छन् । उनले भने , ‘यो दर्ता भएर प्रक्रियामा अगाडी गयो भने सत्तापक्षले अथवा सरकारको नेतृत्व
काठमाडौं। नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् । उनले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकुलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दशैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम शुरु गरेको बताएका छन्। मंगलवार राष्ट्रिय सभा वैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले दशैको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताएका छन्