२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा स्पष्टीकरण दिने भएका छन् । आफ्नो अभिव्यक्तिको विषयमा उनले आज स्पष्टीकरण दिने भएका भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि उनले संसद्मा बोल्न जाने र स्पष्टीकरण दिने बताएका हुन् । प्रतिनिधिसभाको बैठक अहिले ३ बजेलाई बोलाइएको छ
२५ असार, काठमाडाैँ । नेकपा एमालेले संसदीय दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटेपछि एमालेले बैठक बोलाएको थियो । अहिले बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बैठक बसिरहेको छ। बैठकमा ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्ने बताइएको छ ।
२५ असार, एजेन्सी । पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देश भरि र उत्तरी सीमासम्म पुर्याएको अभियोजनकर्ताहरूले बताएका छन् । तर पेरू–ब्राजिल सीमामा पर्ने माद्रे दे डायोस
२५ असार, मकवानपुर । मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी
२५ असार, पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ । प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो । ‘मिनी संसद्’ मानिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधेयकमाथि दोहोरो बहस र छलफल बिना नै प्रदेशसभा
२५ असार, काठमाडाैँ । दक्षिण एसियाली विश्वविद्यालय (साउथ एसियन युनिभर्सिटी) का चारजना प्राध्यापकलाई ‘दुराचार’को आरोपमा निलम्बन गरिएको छ । विश्वविद्यालय प्रशासनले यही असार १ गते चारजना प्राध्यापकलाई दुराचारको आरोपमा निलम्बन गरेको हो । निलम्बनलाई लिएर विश्वभरका पाँच सयभन्दा बढी प्राध्यापक, शोधकर्ता, शिक्षक र विद्यार्थीले असार २२ गते सार्कका आठ सदस्य राष्ट्र
२५ असार, काठमाडाैँ। काठमाडौं उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ९ हजार ६ सय ८३ सवारी साधन दुर्घटना हुँदा १ सय ७८ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ९ हजार ६ सय ८३ सवारी दुर्घटना हुँदा १
२५ असार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर
२५ असार, पोखरा । पृथ्वी राजमार्गमा सडक अधिकार क्षेत्र मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । आज महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो । पोखरा–९ पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र पर्ने संरचना हटाइने महानगर
२५ असार, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका हुन् । नेपाली