१९ जेष्ठ ,चितवन । जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ
१९ जेष्ठ ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको छ । सो मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा श्री १००८ डा चक्रपाणी आचार्य स्वामीजीले कथा वाचन गरेका थिए । महायज्ञमा जनार्दन
१९ जेष्ठ ,काठमाडौँ । नागरिक समाजका अगुवाले भ्रष्टाचारका कारण लोकतन्त्र क्षयीकरण हुनथालेकाले लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि भ्रष्टाचारविरुद्धको अभियानमा सहभागिताका लागि आह्वान गरेका छन् । मानवअधिकार तथा शान्ति समाजद्वारा २८औँ स्थापना दिवसको सन्दर्भमा आज आयोजित कार्यक्रममा नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयीकरण हुन थालेकोप्रति चिन्ता व्यक्त गरे
१९ जेष्ठ ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उनले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिए । “सरकारले
१९ जेष्ठ ,काठमाडौँ । शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक विद्यालयप्रतिको स्वामित्व र अपनत्व अभिवृद्धि हुन नसकेको र शिक्षामा व्यापारिकरण बढेकाले उक्त व्यवस्था हुनुपर्ने तर्क अघि सारिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका
१९ जेठ, काठमाडाैँ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निदेवन दिएका छन् । तत्काल राजा वीरेन्द्र वीर विक्रम शाह र रानी ऐश्वर्य राज्य लक्ष्मी शाहसहितको हत्या भएको घटनाको सत्यतथ्य बाहिर नआउँदा नेपालको छवि अन्तर्राष्ट्रियरुपमा
१९ जेठ, काठमाडाैँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेका
१९ जेठ, काठमाडाैँ । विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले पाएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई पार्टी प्रवक्तामा प्रवक्तामा नियुक्त गरेको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय व्यवस्थापन प्रमुख नवराज थापाले जानकारी दिए । त्रिभुवन विश्व विद्यालयमा ’संस्कृति पर्यटन ’का
१९ जेठ, एजेन्सी । बोत्स्वानाको उत्तरपूर्वी भागमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु हुनाका साथै सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताएअनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
१९ जेठ, काठमाडौँ । सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ । बर्सेनि पहिरो आउने पाँच किमी खण्डबाहेकको सडक आगामी असारसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको छ । जम्मा ९० किमी लम्बाइको सो राजमार्गमा यस वर्ष