९ असार, हुम्ला । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए । चारवटा स्वास्थ्यचौकी मार्फत उक्त
९ असार, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मङ्गलबार लोपोन्मुख चार डङ्गर गिद्ध मृत भेटिएका थिए । “गिद्ध मृत भेटिएको ठाउँ नजिकै स्यालसमेत मरेको भेटिएको थियो” संरक्षणकर्मी डिबी चौधरीले भने, “पोष्टमार्टम रिपोर्टबाट विषाक्त खानाको कारण गिद्ध
९ असार, एजेन्सी । रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गरेका छन् ।
९ असार, बझाङ । सवारी दुर्घटना परि निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको शनिबार अन्त्येष्टि गरिने भएको छ । बुधवार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीरलाई शनिवार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजारमा सब यात्रा गरी नेपाली
९ असार, इस्लामावाद । गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् । गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्गहुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेकोे उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो । डुङ्गा डुब्दा
९ असार, एजेन्सी । बेलायतका अस्पतालका चिकित्सकहरूले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को इतिहासमा सबैभन्दा लामो हड्तालको घोषणा गरेका छन्। परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन बिहान ७ बजेदेखि जुलाई १८ सम्म पाँच दिनका लागि सेवामा हाजिर नहुने ‘ब्रिटिश मेडिकल एशोसिएशन’ले जनाएको छ। एनएचएसले आफ्नो ७५औं वार्षिकोत्सव
९ असार, भोजपुर । बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीन वटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुर्याउँदा रु तीन करोड बराबरको क्षति
९ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको ‘पीपलको शितल छायाँले’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार ‘आमा पवित्र इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतकार भट्टराईको शब्द रचनामा रूपक डोटेलले स्वर भरेका छन् । सङ्गीतकार शक्ति बल्लभले गीतमा सङ्गीत दिएका छन् । साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको
९ असार, एजेन्सी । टाइटानिक जहाजको भग्नावशेष नजिकै हराएको पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले बिहीबार जनाएको छ । चार दिनअघि उत्तरी एटलान्टिक महासागरमा यो सानो पर्यटकीय जहाज (पनडुब्बी) हराएपछि विश्वलाई मोहित पार्ने बहुराष्ट्रिय खोज तथा उद्धार अभियानको अन्त्य भएको छ । रियर एडमिरल जोन मौगरले बोस्टनमा पत्रकारहरूसँग
९ असार, बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका