९ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमा अवरोध गरेको छ । काठमाडौं महानगरपालिका–३२ स्थित शङ्खमूल घाटमा स्थानीयले गरेको ‘प्रथम शङ्खमूल तीर्थ श्रावणी महोत्सव’ मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । उक्त स्थानमा स्थानीयहरूले श्रावण १ गतेदेखि अनुष्ठान गरिरहेका थिए । नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति नलिइ गरिएका
९ श्रावण, काठमाडाैँ । नेपाल प्रहरीका १२२ जना सई बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अंगरक्षक गणमा कार्यरत डम बहादुर धिंगाल बढुवा सुचीको पहिलो नम्बरमा रहेका छन् ।
९ श्रावण, बागलुङ । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो । सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल
९ श्रावण, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले छ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताए । “भवनको गारो र
९ श्रावण, एजेन्सी । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ
९ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन् । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने
९ श्रावण, लुम्बिनी । लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । सोमबार विशेष स्थगन बैठक आज बस्ने बस्न लागेको प्रदेश सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको
९ श्रावण, काठमाडाेँ । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर वाग्मती गाउँपालिका–९ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय दिनेश
९ श्रावण, काठमाडाैँ । काठमाडौँको सामाखुसी खोलामा आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोली खटिएको र अहिलेसम्म पनि फेला पार्न नसकेको जिल्ला
९ श्रावण, बुटवल । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदीका बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाश नगरका जनक घर्तीलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो