Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत


४ भदाै, दोलखा । भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक सेयरसहित कूल १२ लाख १८ हजार छ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले संस्थापकका लागि नौ लाख ७४ हजार नौ सय ४० कित्ता र सर्वसाधारणका लागि निष्कासन गरेका दुई लाख ४३ हजार सात सय ३५ कित्ता सेयर सूचीकृत गरिएको छ ।

आइतबार नेप्से र कम्पनबीच सेयर सूचीकरण सम्झौता भएको नेप्सेले जनाएको छ । कम्पनी सेयर नेप्सेमा सूचीकृत भएसँगै आजदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ । कम्पनीका सेयरको पहिलो कारोबारका लागि नेप्सेले एक ५९ रुपैयाँ ६७ पैसादेखि चार सय ७९ रुपैयाँ एक पैसासम्म ‘ओपनिङ रेञ्ज’ तोकेको छ ।

नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण हुँदा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म ‘ओपनिङ रेञ्ज’ तोक्ने गर्छ । नेप्सेको स्पेशलप्रि–ओपन सेसनमा सोही रेञ्जभित्र पहिलो कारोबार भएपछि कम्पनीको सेयर कारोबार सुरु हुन्छ ।

यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले २०७२ साल भदौदेखि परीक्षण उत्पादन सुरु गरेको थियो भने असोजदेखि व्यावसायिक उत्पादन थालेको थियो । यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले नौ सय ९८ किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । यसको निर्माण लागत रु २४ करोड ७५ लाख रहेको सञ्चालक सन्तोष मैनालीले जानकारी दिए ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?