Trending
>>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

समाचार


बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

११ ,श्रावण ,जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको

पदमार्ग पहिरोले बगायो

११ ,श्रावण ,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगाएको छ । नाउराको भिरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिराले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको हो ।

रसुवागढी नाकामा चहलपहल बढ्यो

११ ,श्रावण ,रसुवा । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो । सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल

तिनपिप्लेको पहिचान मास्ने पाँचखाल नगरको निर्णय विरुद्ध विभागमा उजुरी

११ ,श्रावण ,काभ्रेपलान्चोक । दुर्घटना नियन्त्रण गर्न भन्दै पाँचखाल नगरपालिका ६ तिनपिप्लेमा रहेको ऐतिहासिक वरपिपलको रुख मास्न लागिएपछि यसको चौतर्फी विरोध भएको छ । पाँचखाल नगरपालिकाले तिनपिप्लेको घुम्तीमा रहेको वरपिपलको रुखसमेत मासिनेगरी सडक विस्तार गर्न लागेपछि सम्पदा संरक्षणका अभियन्ता श्रीकृष्ण धिमाल पुरातत्व विभाग पुगेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले

सरुवा प्रणालीको विकृति अन्त्य गर्दै मन्त्री मोदी, कार्यदलले बुझाए प्रतिवेदन

११ ,श्रावण ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सरुवा प्रणालीका विद्यमान विकृति अन्त्यको प्रारम्भ गरेका छन् । निजामती कर्मचारीहरुको सरुवामा देखिएका विकृति र विसंगति अन्त्य गर्नका लागि मन्त्री मोदीले विभिन्न प्रयास गर्दै आएका छन् । त्यसमध्ये २०८० जेठ २९ गते मन्त्री मोदीको निर्णयमा सरुवालाई व्यवस्थित बनाउनका

प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या

१० ,श्रावण ,गलकोट । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । सामान्य विवादको क्रममा

खोलाले बस बगायो

१० ,श्रावण ,चितवन । माडी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस बगाएको छ । बगहिबाट आज बिहान नारायणगढका लागि आउँदै गरेको ना४ख १९४७ नम्बरको बस खोला तर्ने क्रममा पानीको बहाव बढ्न गई अनियन्त्रित भई पल्टिएको हो । बिहान ११ः१० बजे घटना भएको हो ।

ललिता निवास प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

१० ,श्रावण ,काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । सिआइवीले उनीहरूसँग

कोशी प्रदेश : सरकार गठनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा

१० ,श्रावण ,काठमाडौँ । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहँुदै नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद

आठ हजार ८९६ थान हातहतियार नष्ट

१० ,श्रावण ,काठमाडौँ । विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ । भरुवा बन्दुक छ हजार ७४ थान, बाह्र बोर एक सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम दुई सय ३२

सम्वन्धित समाचारहरु