१४ श्रावण, काठमाडाैँ । सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारे । संसदीय प्रक्रियाअनुसार संसद् र समितिहरु
१४ श्रावण, काठमाडाैँ । जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसनमा
१४ श्रावण, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन् । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उनले बताए । आइबिएन मिडियाले आज काठमाडौँमा आयोजना
१४ श्रावण, हेटौँडा । हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी तथा व्यापारी आन्दोलित भएका छन् । उक्त कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र
१४ श्रावण, पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ । महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य
१४ श्रावण, एजेन्सी । रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो । मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते
१४ श्रावण, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते
१४ श्रावण, काठमाडाैँ । श्रावण ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा
१४ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आइतबार बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले साउन १ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा आजको पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिए । उनले भने, “केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा हो । एजेण्डा
१४ श्रावण, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । यसरी डुबेर मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ९ बस्ने महेश मलिक डोमको ५ वर्षकी छोरी चञ्चला कुमारी मलिक डोम र भारतको सीतामढी बथनाहा बस्ने राम भजन मलिकको छोरी वर्ष ४ की अर्चनाकुमारी