१८ श्रावण, जनकपुर । श्रावणको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । समान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दासमेत मधेसका
१८ श्रावण, झापा । यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । “सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,” गौरीगञ्ज गाउँपालिका-२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका
१८ श्रावण, दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बिरामीको ‘रेफर’ गर्नेको दर घटाउने प्रयास थालिएको छ । पछिल्लो समय अस्पतालले बिरामीलाई रेफर गर्ने गरेको गुनासो बढेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ । प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट रेफर गर्ने गरेको गुनासो आएपछि
१८ श्रावण, काठमाडाैँ । डा सिके रावतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ । भोलि
१८ श्रावण, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहिका लागि सिफारिस गरेको छ । वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो ।
१८ श्रावण, चितवन । कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उनका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १०
१८ श्रावण, एजेन्सी । चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो । सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ ।
१८ श्रावण, कास्की । कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा
१८ श्रावण, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठक प्रारम्भ हुने वित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय
१८ श्रावण, रूकुम । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिकरुपमा २२ जना आउने गरेको जानकारी दिए