२४ फागुन, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ
२४ फागुन, काठमाडाैँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख एक हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक
२४ फागुन, चितवन। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरू गरेको ‘कालोमोसो अभियान’का संयोजक पक्राउ परेका छन् । उक्त अभियानका संयोजक शम्भु थापालाई प्रहरीले भरतपुरबाट नियन्त्रणमा लिएको हो । उनी मंगलबा मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । व्यवसायी प्रसाइंले बैंक तथा वित्तिय संस्थाहरूको विरूद्धमा धर्म,
२४ फागुन, मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताए । मार्फामा रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह
२४ फागुन, एजेन्सी। यहाँस्थित एक व्यावसायिक भवनमा आज अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १४ जनाको शव अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा
राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो । फलेवास–६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग
२४ फागुन, धनकुटा। धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको रु ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ ।
२४ फागुन, एजेन्सी। इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किदा दुवै विमानका चालकको मृत्यु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताएका छन् । रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
२४ फागुन, काठमाडाैँ। आज बिहानदेखि काठमाडाैँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ०.२ मिलिमिटर वर्षा भएको छ । डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र
२४ फागुन, जनकपुर। महामूर्ख, २०७९ सालको उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ । जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि प्रमुख साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उनी नगरप्रमुखको टिकट पार्टीको भागमा