काठमाडौँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन कुनैपनि बहानामा सार्न नहुने स्पष्ट पारेको छ । एमालेका केन्द्रिय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले मंगलवार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्वाचन सार्ने गरी भइरहेका विभिन्न भ्रामक हल्ला र षडयन्त्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।
काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कफ्र्यू लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ । सर्वसाधारण जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कफ्र्यू जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको हो । पत्रकार
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताउनुभएको छ । राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी
काठमाडौँ । आगामी निर्वाचनको सुरक्षा तयारी र देशका विभिन्न भागमा देखिएका अशान्तिका घटनाहरूबारे सुक्ष्म विश्लेषण गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसिरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृह सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । बैठकले देशभरिको समग्र
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनुभएको छ । हाल वस्तुगत उपाध्यक्ष रहनुभएका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गर्दै उत्पादनमुखी अर्थतन्त्र र व्यवसायीको मनोबल बढाउनु नै आफ्नो पहिलो प्राथमिकता
काठमाडौँ । नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिवद्धता अटल रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित व्यक्तित्वलाई बधाई दिँदै उहाँले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद्
एजेन्सी। अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको छ । सिरिया टीभीले सोमवार यो खबर रिपोर्ट गरेको छ । तर थप विवरण भने उपलब्ध गराएको छैन । यो कदम सिरियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाहरूको केही भागबाट फिर्ता हुने
काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका (आईजिन निर्देशिका) लागू गर्न खोज्दा ठूलो दबाब र अवरोध खेप्नुपरेको बताएको छ । पुँजी बजारको पारदर्शिता र लगानीकर्ताको सुरक्षाका लागि ल्याउन लागिएको यो निर्देशिका रोक्न ‘अदृश्य शक्ति’ हरु सक्रिय रहेको सीडीएससीले दाबी गरेको हो । सीडीएस एण्ड
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ ।] कुराकानीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको पुँजी बजारमा विद्यमान ‘डबल आईएसआईएन’ प्रणालीले बजारलाई अविश्वसनीय र विकृत बनाएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटै कम्पनीको शेयरको एउटै आईएसआईएन हुनुपर्नेमा उहाँको जोड छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ सम्बन्धी छलफलमा