Trending
>>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

समाचार


सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउने कार्यमा सञ्चारजगतको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र

डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा दोजर चल्ने बताउनुभएको छ । कर्णालीमा बिहीवार आयोजित वाचापत्र सार्वजानिक कार्यक्रमा उहाँले रास्वपा सरकार आएमा गरिब बस्तीको उठीवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाउनु भयो । उहाँले डोजर

‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको भूगोल, संस्कृति र प्रचुर सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ । मुगुस्थित ‘स्वर्गकी अप्सरा’ उपनामले परिचित रारा तालको किनारबाट कर्णालीको समृद्धिको ढोका खोल्ने ‘वाचापत्र’ सार्वजनिक गर्दै नेता शाहले यस्तो बताउनुभएको हो । सम्बोधनका क्रममा

एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा

काठमाडौँ । एमाले नेता एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेको चुनावी घोषणापत्र विगतको भन्दा भिन्न र कार्यान्वयन योग्य रहेको दाबी गर्नुभएको छ । ठूला वाचा गर्ने तर पूरा नहुने स्थिति अन्त्य गर्न यसपटक लागत र स्रोतको समेत आँकलन गरिएको उहाँको भनाइ छ । डा. खतिवडाकाअनुसार यसपटकको घोषणापत्रमा ‘देश पहिला, राष्ट्र

एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी

काठमाडौँ । योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेकपा एमालेको घोषणापत्र एउटा ‘आर्थिक इकोसिस्टम’ को रूपमा डिजाइन गरिएको दाबी गर्नुभएको छ । उहाँकाअनुसार यो घोषणापत्रमा समेटिएका २५ बुँदाहरू एक–अर्काका पूरक हुन् र यसले देशको आर्थिक विकासलाई एउटा एकीकृत चेनको रूपमा अगाडि बढाउनेछ । कतिपयले एमालेको आर्थिक एजेण्डालाई केवल ‘वितरणमुखी’ वा

जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता र दलहरूबीचको सहकार्य अनिवार्य रहेको उल्लेख गर्नुभएको छ । भदौ २४ को घटनालाई राष्ट्रिय अस्तित्वमाथिको प्रहार भन्दै उहाँले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र शान्ति सुव्यवस्था कायम गर्न एमाले नेतृत्वको आवश्यकता औंल्याउनुभएको हो । अध्यक्ष ओलीले पछिल्लो समय

१० लाख वार्षिक आम्दानीसम्म कर छुट दिने काँग्रेसको प्रतिज्ञा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २१ पmागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गर्नुभयो । अहिले ३०

भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको हो । जेन–जी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको

एमालेको घोषणापत्रः १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा युवा स्वरोजगार, महिला सशक्तीकरण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । पार्टीले युवा पुस्तालाई डिजिटल तथा उद्यमशीलतामा जोड्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सम्मान गर्ने, किशोरी तथा महिलाको स्वास्थ्य र आर्थिक सशक्तिकरण गर्ने जस्ता

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाको वित्तीय साझेदारी हुने

काठमाडौं।  काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय भार अब सबै पालिकाले बोक्ने भएका छन् । काठमाडौं उपत्यका मेयर्स फोरमको १३ औँ बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा ब्यबस्थापकीय साझेदारीकोको लागि सबै नगरपालिकाले मिले काम गर्ने निर्णय गरेका हुन् । बैठकको निर्णयअनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा एकल रुपमा भार बोक्दै आएको

सम्वन्धित समाचारहरु