२ भदाै, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले वि.सं २०७० मा उत्खनन सुरु गरेको थियो । दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर
२ भदाै, पर्सा । सशस्त्र प्रहरीका एपसी सुमन थपलियाको निधन भएको छ । पर्सामा कार्यरत एसपी थपलियाको शनिबार बिहान निधन भएको हो । उनको हृदयघात भएर मृत्यु भएको जानकारी दिइएको छ । शनिबार बिहान ११:०५मा साइकलिङ गरेर कार्यालयमा पुगेका थपलिया बेहोस भएका थिए । त्यसको केही समयमा नै उनको मृत्यु भएको
२ भदाै, लमजुङ । पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक पुनःसञ्चालनमा आएको छ । मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै उक्त सडक पुनः सञ्चालनमा आएको हो । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, “केही दिनअघिको वर्षाका कारण जमिन गलेर पहिरो आएको
२ भदाै, कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन् । राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे
२ भदाै, काठमाडाैँ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरूकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्छिन्। बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन् । कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान
२ भदाै, झापा । मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना
२ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्री पदको प्रलोभनमा पारेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका हुन् ।
२ भदाै, भरतपुर । चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो । झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको
२ भदाै, कैलाली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन् । महाकाली पुलको आज यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । “पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह
२ भदाै, चितवन । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।