Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल निर्वाचित भएकी छन् । समाजको हालै सम्पन्न २७औँ राष्ट्रिय परिषद् बैठकबाट उनी अध्यक्ष निर्वाचित भएकी हुन् ।

केन्द्रीय कार्यसमितिको निर्वाचनमा वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल र अधिवक्ता लक्ष्मीनारायण मिश्र, उपसभापति (महिला) मा अधिवक्ता धन थापा, महासचिवमा प्रकाश शाही र कोषाध्यक्षमा चन्द्रमणि बन्जारा निर्वाचित भएकी हुन् । सचिवमा कोशी प्रदेशका लागि सन्तोष रौनियार, मधेसमा प्रेमचन्द्र पटेल, बागमतीमा दिवाकर पुडासैनी, गण्डकीमा तीर्थराज न्यौपाने, लुम्बिनीमा धनपति (डीपी) खनाल, कर्णालीमा दिल्लीप्रसाद जैसी र सुदूरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

त्यस्तै, सचिव (आदिवासी जनजाति) मा डोरविक्रम श्रीस, महिला सचिवमा रेनुका देवकोटा, दलित सचिवमा तुलसीराम सुनार र मधेसी सचिवमा ज्योति वाल्मीकि निर्वाचित भएका छन् । सदस्यहरूमा उमा गोतामे, सुशीला रिजाल, कौशल्या खनाल, निरमाया मिजार, अरुण ज्ञवाली, भानुभक्त रिमाल, निर्मला गौतम, सीताराम कोइराला, शम्भु राउत र लालहरी पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी/सदस्यहरूलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्कीले समापन समारोहमा प्रमाणपत्र प्रदान गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठकले शान्ति समाजको विधानअनुरुप न्यूनतम पाँच महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेछ ।

शान्ति समाजको जिल्लादेखि केन्द्रसम्मै ४० प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?