Trending
>>   सिंगो सत्तापक्ष एकतावद्ध भएर संसदमा जनसरोकारका आवाज उठाउने सत्तारुढ दलको निस्कर्ष >>   काभ्रेमा सोह्र हजार छात्रालाई एचपीभी खोप लगाइने >>   रास्वपाले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने >>   देशमा पश्चिमी वायुको प्रभाव कायमै,कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल माघ १५ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   रवि छुटेपछि महेश बस्नेतकाे न निन्द्रा,न भाेक ! >>   रवीकाे मुद्दामा प्रभु बैंक ‘बैंक ग्यारेन्टी’ बस्नुकाे अर्थ के हाे? >>   वरिष्ठ नेताहरूलाई अनुरोध ! >>   रवि लामिछानेलाई किन संरक्षण गर्दैछ प्रभु बैंक ? >>   चितवनमा रवि लामिछाने विरूध्द मुद्दाकाे तयारीःअनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा !
Logo
१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

प्रचण्डले गरे तेह्रथुमको चोत्लुङ पार्कको अवलोकन


तेह्रथुम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् ।

रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे । लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरू गरिएको पार्कमा युमा संग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताए ।

प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आएको प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।


प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?