Trending
>>   एमाले सचिवालय बैठक आज बस्दै >>   ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प >>   पर्सामा सशस्त्र प्रहरीद्वारा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद >>   राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई सफल कार्यकालको शुभकामना >>   मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, तीन जना घाइते >>   रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित >>   लहानमा अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन >>   वडाध्यक्ष आफैंले कार्यालय परिसरमा सजाए फूलबारी >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर >>   देवघाट जाने झोलुंगे पुल मर्मत सुरु
Logo
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प


काठमाडौँ । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो ।

नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएका छन् भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। घाइते हुनेमा एक बालक समेत रहेका छन् । भूकम्पबाट भत्किएको ताइनान सहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन् ।

भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?