Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

आज मिति २०८१ साल मङ्सिर १७ गते सोमबार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल मङ्सिर १७ गते सोमबार (02 Dec,2024)  मार्ग शुक्लपक्ष प्रतिपदा १२:१९ बजेसम्म, त्यसपछी द्वितिय

मेष – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ। पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ।

बृष – लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन्। लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन्। स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ।

मिथुन – आर्थिक व्यावस्थापन तथा रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला। सही तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन्। पैतृक धन तथा सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ।

कर्कट – कानुनी रुपमा गरिने कुनै पनि कामहरु सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ। नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सृर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृढ भइनेछ।

सिंह – सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन्। राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा वृद्धि भएर जानेछ। धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी प्रसाद तथा टीका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।

कन्या – नसोचेको धन सम्पति हात लाग्ने गतिलो योग रहेको छ। व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले मनग्गे धन सम्पति संग्रह गर्न सक्नेछन्। विद्यामा समय दिए अनुसार राम्रै नतिजा ल्याउन सकिनेछ । माया प्रेममा अविश्वास सिर्जना भएपनि अन्तत: एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ।

तुला – व्यापार व्यावसायमा लगानी वढाइ आम्दानीका स्रोतहरु बढाउन सकिने छ। भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ। लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ ।

बृश्चिक – पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ। रुपैयाँ पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ। घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहने छ। पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफैँ साइड लाग्नेछन्।

धनु – आकश्मिक धन तथा सम्पत्ति लाभ हुनेयोग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिने छ। पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्य धन लाभ हुनेछ। भौतिक सम्पत्ति तथा विलासी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ।

मकर – प्रतिस्पर्धीहरु हार खानेछन् भने राजनीति तथा समाजसेवामा समनजनक स्थान पाउने योग रहेको छ। घर जग्गा तथा सवारी साधनको खरिदबिक्रिबाट मनग्य आम्दानी गर्न सकिनेछ। आमा वा परिवारका सदस्यहरुको सहयोग पाइने हुँदा शरिरमा स्फूर्ती बढ्नेछ।

कुम्भ – साहसिलो कामगर्ने जोस जागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ। पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न भइनेछ।

मीन – समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ। व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ। आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?