Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

‘बाग्मतीमा १२ महिनै पानी बगाउने सोच्नुपर्छ’


काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिनुभएको छ । बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामहरुबारेको जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले बाग्मतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिनुभएको हो । उहाँले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षचण गर्न आवश्यक काम अघि बढाउन निर्देशन दिनुभयो । ।

‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ बनाएको ढलहरु प्रयोगमा त आउनुपर्यो नी । बनाएको छ खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ की छैन हेर्नुपर्यो ।’

त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरी सम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिनुभयो । यस्तै, उपप्रधानमन्त्री सिंहले बाग्मतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिनुभयो ।

बाग्मतीमा सफा पानी बगाउनका लागि नाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उहाँले समितिलाई निर्देशन दिनुभयो । ‘बाग्मतीमा १२महिनै पानी बगाउन हामीले सोच्नुपर्छ । धाप ड्यामको क्षमता पशुपतिमा हुने ठुला ठुला जात्रामा पानी बगाउन सकिने मात्र छ । त्यसको अलावा नाग्मती ड्याम बनाउने एआई भएको छ । सम्बन्धित निकायलाई कोअर्डिनेशन गरेर त्यसलाई अघि बढाउनुपर्छ ।त्यसका लागि बाधा अड्चन छ भने हटाउन मन्त्रालय सहजीकरण गर्न तयार छ ’ उहाँले भन्नुभयो, ‘ पानी बगाउनैपर्यो । नाग्मतीको ड्याम बन्नुभन्दा अगाडी वैकल्पिक केही गर्न सकिन्छकी , त्यसमा पनि सोच्नुपर्यो । नाग्मती बन्न त केही वर्ष लाग्ला । त्यो बनेपछि गरौला भनेर त भएन । त्यसलाई पनि बनाउनुपर्यो । तर, यो बीचका लागि बाग्मतीमा पानी बगाइराख्न वैकल्पिक केही गर्न सकिन्छ की हेर्नुपर्यो ।’

बाग्मती भन्दा कुरुप भइसकेका नदिहरुलाई विभिन्न देशले पछि सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उहाँले बाग्मती नदि स्वच्छ रुपमा बगाउनका लागि सरकारले प्रभावकारी योजना ल्याउने पनि मन्त्री सिंहको भनाई थियो ।


प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?