Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

माझी राष्ट्रिय गीतको लोकार्पण (भिडियाेसहित)


काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो ।

सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव नायक यमन माझीले संगित गरेका हुन ।

सो गीतमा माझी चलचित्र जगतका पहिलो नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष बिबस कुमार माझीका साथै बाबुराम माझी, बिसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेस माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन । सो गीतलाई लक्षु प्रकास मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन ।उत्त कार्यक्रम जनजाति चलचित्र महासंघकी महासचिब तथा माझी चलचित्र कर्मी संघकी अध्यक्ष होम कुमारी माझी (सिजिका) को अध्यक्षता सम्पन्न भएको हो ।


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?