Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित


काठमाडौं। नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन् । इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ) ले उनलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो ।

नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई सम्मान गरेको हो । उक्त पुरस्कार वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन निवारण गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ भने नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहेका चन्दले सङ्घको गुल्मी शाखाको सभापति रहँदा जिल्लालाई मोतिविन्दुरहित जिल्ला घोषणा गराउने अभियानको सुरुआत गरेका थिए ।

उनले सङ्घको सचिव तथा महासचिव पदमा रही नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
उक्त सम्मेलनमा नेपालमा तर्फबाट नेपाल आँखा अस्पतालका डा. दिवा हमालले आँखा स्वास्थ्य सेवा तथा अन्धोपन निवारणमा अस्पतालले गरिरहेको सेवाका बारेमा कार्यपत्र प्रस्तुत गरेको थियो भने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्मेलनमा भाग लिएका थिए ।

त्यस्तै, सन् १९६० मा स्थापना भएको अपाओले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत काम गर्दै आएको छ भने अन्धोपनविरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्गठनबीच घनिष्टसम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आइरहेको छ ।

विसं २०३५ मा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्यसहित एक गैर नाफामूलक संस्थाका रुपमा स्थापना भएको सङ्घअन्तर्गत हाल देशभरमा २७ आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् भने सङ्घअन्तर्गतका आँखा अस्पताल, आँखा उपचार केन्द्रमार्फत वार्षिक ३० लाख बढी बिरामीको आँखा जाँच हुने गर्दछ ।

त्यस्तै, हालसम्म ती उपचार केन्द्र मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड दुई लाख ८६ हजार पाँच जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह भैसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाइएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?