Trending
>>   चार एसपी एसएसपीमा बढुवा >>   मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही >>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु >>   काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन >>   एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल >>   राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैनः महामन्त्री शर्मा >>   जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा >>   सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा


राँझा,बाँके। बाँके र बर्दियामा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार यही माघ २५, २६ र २७ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ ।

उक्त साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबैखालको समन्वय गरिसकेको जनाउँदै अध्यक्ष सापकोटाले ‘टुर दि ठाकुरद्वारा’मा अन्तरप्रदेश साइकल यात्री र अन्तर्राष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागि हुने बताए ।

“साइक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो, यस क्षेत्रमा सुरक्षित साइकल यात्रा र सहरमा साइकल लेनको विस्तारका लागि दबाब दिन पनि यस कार्यक्रमले सहयोग पुग्ने छ”, क्लबका पूर्वअध्यक्ष सतिश निरौलाले भने ।

त्यस्तै, पर्यावरण मैत्रीरुपले पर्यटन र संस्कृतिको संरक्षण गर्नु ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्राको उद्देश्य रहेको उनको भनाइ रहेको छ । “यस क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले नेपालगञ्ज साइक्लिङ क्लबले यो कार्यक्रम गरिरहेको छ”, निरौलाले भने, “साइकल यात्रीलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने योजना रहेको छ ।”

उक्त क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरी तीन सय साइकल यात्री सहभागी हुने जनाएको छ । कार्यक्रम नेपालगञ्जको वागीश्वरी मन्दिरबाट सुरु भई बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म एक सय किलोमिटर साइकल यात्रा पूरा गर्ने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रद्वीप कार्कीले बताएका छन् ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?