Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

‘नेपाल कल्चर फेस्टिबल’ फागुन अन्तिम साता


खजुरा,बाँके। ‘नेपाल कल्चर फेस्टिबल’ आगामी फागुन २४ र २५ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । देशैभरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको हो ।

‘अन्तराल’ को आयोजना तथा व्यवस्थापनमा हुने उक्त महोत्सवमा स्थानीय सङ्घसंस्थाले सहकार्य गर्ने भएका छन् । त्यस्तै, नेपाली मौलिक कलासंस्कृति, गीतसङ्गीत, नाच, लोकबाजा, वेशभूषा, खाना, भाषा र हस्तकलाको प्रवद्र्धन तथा प्रचारप्रसार गरिने सो महोत्सवका परिकल्पनाकार एवं ‘अन्तराल’का प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिएका छन् ।

“सुदूरपश्चिमको डेउडा नृत्य र गीतदेखि पूर्वी नेपालको लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम तथा तराइको थारू र अवधि नृत्य÷गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमाली भेगको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाडौं उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै ठाउँमा प्रस्तुत हुनेछ”, उनले भने । त्यस्तै, भाषा र संस्कृतिका अध्येता, गीत र नृत्यका अध्येता तथा चाडपर्व, रीतिरिवाजका जानकारबीच छलफल तथा अन्तरक्रिया गरिने उनको भनाइ रहेको छ ।

सबै जातजातिको संस्कृति प्रवद्र्धन गर्न तथा तिनको अध्ययन अनुसन्धान गर्नसमेत महोत्सव आयोजना गर्न लागिएको प्रमुख कार्यकारी शाहले बताए । उक्त महोत्सव नेपालगन्ज रङ्गशालामा आयोजना गरिने छ भने सोमहोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

सो महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्यान्डदेखि चर्चित गायकगायिकाको साङ्गीतिक प्रस्तुति रहनेछ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?